२०८३ श्रावण ११ गते सोमवार

images

नाइट क्लबमा सिलिन्डर विस्फोट : चार पर्यटकसहित २५ को मृत्यु

नाइट क्लबमा सिलिन्डर विस्फोट : चार पर्यटकसहित २५ को मृत्यु

सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौं । भारतको उत्तरी गोवास्थित अर्पोरा गाउँमा रहेको ‘बिर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार मध्यरात भएको सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। घटनाको बेला डान्स फ्लोरमा करिब १०० जना मनोरञ्जनमा रहेका थिए। विस्फोटपछि आतंकित भीड ज्यान जोगाउन बेसमेन्टतर्फ भाग्दा बेसमेन्टमा धुवाँ भरिँदा २० जनाको निसास्सिएर मृत्यु भएको गोवा प्रहरीले जनाएको छ।

    मृतकमध्ये ४ जना पर्यटकसमेत रहेका छन्, जबकि ६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

    गोवा प्रहरी प्रमुख आलोक कुमारले सिलिन्डर विस्फोट नै दुर्घटनाको मुख्य कारण भएको पुष्टि गरेका छन्। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले क्लबमा अग्नि सुरक्षा मापदण्ड अत्यन्त कमजोर रहेको र नियम विपरीत सञ्चालन अनुमति दिने अधिकारीहरूसमेत कारबाहीको दायरामा आउने बताए।

    उनका अनुसार, “क्लब व्यवस्थापन र नियम उल्लङ्घन गरी अनुमति दिने अधिकारीहरू विरुद्ध कडा कारबाही हुन्छ। चरम पर्यटकीय सिजनमा यस्तो घटना अत्यन्त दुर्भाग्यपूर्ण छ। यसको गहन छानबिन गरिनेछ।”

    प्रहरीले यस घटनामा आपराधिक हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend