२०८३ भाद्र २८ गते आइतवार

images

कार्यालयभित्र बढ्दै रोमान्स : ११ देशलाई उछिन्दै मेक्सिको पहिलो, भारत दोस्रो

कार्यालयभित्र बढ्दै रोमान्स : ११ देशलाई उछिन्दै मेक्सिको पहिलो, भारत दोस्रो

सहर्ष न्युज
आइतवार, मंसिर १ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर १ २०८२
  • काठमाडौं : कार्यालयमा सहकर्मीबिच प्रेम सम्बन्ध राख्नु अब असामान्य रहेन। विवाहबाहिर गोप्य सम्बन्ध खोज्ने एक अन्तर्राष्ट्रिय डेटिङ प्लेटफर्म एश्ले म्याडिसनले ११ देशमा गरेको सर्वेक्षणमा धेरैले कार्यस्थलमै प्रेममा परेको स्वीकार गरेका छन्।

    यो सर्वेक्षण अस्ट्रेलिया, ब्राजिल, क्यानडा, जर्मनी, भारत, इटाली, मेक्सिको, स्पेन, स्विजरल्याण्ड, बेलायत र अमेरिका गरी ११ देशमा गरिएको थियो। कुल १३ हजार ५८१ वयस्कको विचार लिइएको थियो।

    शीर्ष स्थानमा मेक्सिको रह्यो। त्यहाँ ४३ प्रतिशतले सहकर्मीसँग प्रेममा परेको बताए। भारत दोस्रो स्थानमा छ, जहाँ ४० प्रतिशतले यस्तै अनुभव गरेका छन्। अमेरिका, बेलायत र क्यानडामा भने यो संख्या ३० प्रतिशत मात्र छ।

    रोचक कुरा के छ भने पुरुषहरू महिलाको तुलनामा सहकर्मीसँग प्रेम गर्न बढी इच्छुक देखिए। ५१ प्रतिशत पुरुषले यस्तो सम्बन्ध बनाएको स्वीकारेका छन् भने महिलाको संख्या ३६ प्रतिशत मात्र छ।

    महिलाहरू करियरमा पर्न सक्ने असरबारे बढी सचेत छन्। २९ प्रतिशत महिलाले व्यावसायिक हानिको डरले यस्तो सम्बन्ध नबनाएको बताए भने पुरुषको यो संख्या २७ प्रतिशत छ। तर व्यक्तिगत जोखिमबारे पुरुषहरू बढी चिन्तित देखिए।

    १८ देखि २४ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी सतर्क छन्। ३४ प्रतिशतले यस्तो सम्बन्धले करियर बिग्रन सक्ने चिन्ता व्यक्त गरेका छन्। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend