२०८३ श्रावण ११ गते सोमवार

images

व्यक्तिले घरमा कति रकम राख्न पाउँछ ? नेताका घरमा आगजनी हुँदा 'जलेका नोट'बारे अनुसन्धानसँगै उत्पन्न चासो

व्यक्तिले घरमा कति रकम राख्न पाउँछ ? नेताका घरमा आगजनी हुँदा 'जलेका नोट'बारे अनुसन्धानसँगै उत्पन्न चासो

सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
  • जेन जी आन्दोलनका क्रममा आगजनीमा परेका विभिन्न नेताहरूको घरमा "जलेको अवस्थामा भेटिएको" भनिएको नगदबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको विवरण आएपछि नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले नोटमा भएको क्षति र त्यसले नगद प्रवाहमा पारेको असरबारे अनुमान गर्न कठिन हुने बताएका छन्।

    "बाहिर आएका सबै भिडिओहरू वास्तविक हुन् वा होइनन् भन्ने जाँच सम्बन्धित निकायहरूले गर्लान् तर नगदको विशेषता नै यसको गोपनीयता हुने भएकाले कोसँग कति नगद छ भन्ने कुराको कतै अभिलेख हुँदैन," नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता किरण पण्डितले भने, "त्यसैले कति नगद जलेर नष्ट भयो भन्ने यकिन भन्न सकिने अवस्था पनि हुँदैन।"

    राजस्व अनुसन्धान विभागले पनि उक्त विषयमा चासो राखेको देखिएको छ।

    विभागका एक निर्देशक प्रकाश पोखरेलले भने, "पहिलो चरणमा सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाइरहेको विवरण पाएका छौँ।"

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend