२०८३ श्रावण १० गते आइतवार

images

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले दश लाख सहयोग

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले दश लाख सहयोग

सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं : जेन–जी आन्दोलनका क्रममा ड्युटीमा खटिँदा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले दश लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

    प्रहरी संगठनले आफ्नै अधिकारी तथा जवानहरूको मासिक तलबबाट कट्टा गरी राहत रकम संकलन गर्ने निर्णय गरेको हो। प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रहरी प्रवक्ता विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै राहतको रकम प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको पारिश्रमिकबाट कट्टा हुने जानकारी दिएका छन्।

    गत सोमबार र मंगलबार काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरी जवानको मृत्यु भएको थियो। त्यस घटनालाई मध्यनजर गर्दै प्रहरी संगठनले एकप्रकारको सामूहिक सहयोगमार्फत पीडित परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको हो।

    सूचनामा डीआईजी घिमिरेले भनेका छन्, "प्रहरी संगठनले मृतक प्रहरीका परिवारप्रति ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोगस्वरूप दश लाख रुपैयाँको राहत उपलब्ध गराउने निर्णय गरेको छ। यो सहयोग प्रहरी संगठनभित्रकै सहकार्यबाट जुटाइनेछ।"

    नेपाल प्रहरीले यसअघि पनि विभिन्न जोखिमपूर्ण ड्युटीका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीहरूका परिवारलाई सहयोग गर्दै आएको छ। यसपटकको राहत सहयोग पनि प्रहरी संगठनभित्रको एकताको उदाहरणको रूपमा हेरिएको छ।

    Death Police Rahat.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend