२०८३ भाद्र २७ गते शनिवार

images

गृहमन्त्री रमेश लेखकले पदबाट दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट दिए राजीनामा

सहर्ष न्युज
सोमवार, भाद्र २३ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई पुष्टि गरेका छन्।

    जेनजीहरूको सोमबारको प्रदर्शन हिंसात्मक बन्दा झण्डै १९ जनाको ज्यान गएको घटनापछि गृह मन्त्रालयको भूमिकामाथि प्रश्न उठिरहेको बेला मन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। उनले पार्टी बैठकमा समेत आफू नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराइसकेका थिए।

    सरकारले अवस्था नियन्त्रणमा लिन नसकेको भन्ने आलोचनाबीच लेखकको यो निर्णयलाई जिम्मेवार कदमको रूपमा हेरिएको छ। हालसम्म सरकार वा लेखक स्वयंले औपचारिक वक्तव्य भने दिएका छैनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend