काठमाडौं । सिधा कुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियो सम्बन्धी मुद्दाको फैसला आउनै लाग्दा राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिधा कुरा अनलाइनसँग जोडिएका तिमिल्सिनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
अख्तियारले दायर गरेको स्टिङ अपरेसनको मुद्दा ‘ढिसमिस गराउन’ आयोजित छलफलमा भएको भनिएको कुराकानीको अडियोका स्रोत राजकुमार तिमिल्सिना भएको सिधा कुरा अनलाइनका प्रकाशक/सम्पादकले सर्वोच्चमा बयान दिएका थिए ।
