२०८३ श्रावण १० गते आइतवार

images

व्यावसायिक कृषिबाट लाखौं आम्दानी गर्दै भोजपुरका किसान

व्यावसायिक कृषिबाट लाखौं आम्दानी गर्दै भोजपुरका किसान

सहर्ष न्युज
सोमवार, भाद्र २३ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र २३ २०८२
  • भोजपुर : भोजपुरका किसान व्यावसायिक कृषिप्रति आकर्षित छन्। कृषिमा कम सम्भावना देख्नेका लागि यी किसान उदाहरण बनेका छन्। यहाँका किसानले कृषि व्यवसायबाट लाखौं रुपैयाँ आम्दानी गर्छन्।  

    भोजपुरमा उत्पादन भएका कृषि उपजले बाह्य जिल्लाका बजारमा स्थान पाएका छन्। सबै स्थानीय तहमा किसानले व्यवस्थित ढंगले कृषि व्यवसाय सञ्चालन गर्छन्। यहाँ उत्पादन हुने तरकारी, अकबरे खुर्सानी र फलफूल धरान, विराटनगर र काठमाडौं जस्ता सहरमा पुग्छन्।  

    सडकको सहज पहुँच भएका स्थानका किसानको फार्मबाटै कृषि उत्पादन बाह्य जिल्लामा जान्छ। स्थानीय किसान रमिला श्रेष्ठ भन्छिन्, ‘कृषिकर्मले जीविकाको आधार दिएको छ।’ उनले भनिन्, ‘व्यावसायिक तरकारी खेतीबाट वर्षमा तीन लाखसम्म आम्दानी हुन्छ।’ सडकको सहजताले बजारमा पु¥याउन सजिलो भएको किसानको भनाइ छ।  

    भोजपुरको पौवादुङमाका किसान ध्रुव राईले व्यावसायिक रूपमा फलफूल, खुर्सानी र तरकारी खेती गर्छन्। व्यावसायिक कृषिबाट राम्रो आम्दानी गरेको उनको भनाइ छ। ‘खुर्सानी र तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेको छु,’ उनले भनिन्, ‘व्यावसायिक कृषिबाट वर्षमा चारदेखि छ लाखसम्म आम्दानी हुन्छ। स्थानीय तहबाट पनि सहयोग पाएको छु।’  

    अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले एभोकाडोको व्यावसायिक खेती गर्छन्। पाँच वर्ष विदेश बसेर फर्केका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडो खेती सुरु गरे। उनको फार्ममा अहिले एक हजारभन्दा बढी एभोकाडोका बिरुवा छन्। अबको केही वर्षमा ती बिरुवाले उत्पादन दिने उनको भनाइ छ। सबै बिरुवाले आम्दानी दिँदा वर्षमा २५ देखि ३० लाखसम्म कमाउने लक्ष्य उनको छ।  

    सरकारले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम ल्याएपछि कृषिप्रति आकर्षण बढेको छ। पछिल्लो समय फर्म दर्ता गरेर कृषि र पशुपालन व्यवसाय गर्नेको संख्या बढ्दो छ। प्रोत्साहनमूलक कार्यक्रमले युवाको पनि कृषिप्रति आकर्षण बढेको छ। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend