२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • साहित्य, नाटक, कविता, गीत तथा अभिनयको...
प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रम सम्पन्न

साहित्य, नाटक, कविता, गीत तथा अभिनयको माध्यमबाट आम अपराध रोकथाममा टेवा पु¥याउन महानिरीक्षक कुँवरको आव्हान

साहित्य, नाटक, कविता, गीत तथा अभिनयको माध्यमबाट आम अपराध रोकथाममा टेवा पु¥याउन महानिरीक्षक कुँवरको आव्हान

सहर्ष न्युज
बुधवार, भाद्र ५ २०८१
सहर्ष न्युज
बुधवार, भाद्र ५ २०८१
  • प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रम सम्पन्न

    सहर्ष न्युज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको अगुवाईमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यालयले पहिलो पटक आयोजना गरेको यस्तो कार्यक्रमको प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर रहनु भएको थियो । 

    उक्त कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत रही साहित्यकार, गीतकार, गायक र कलाकारिता जस्ता विधामा योगदान पु¥याएकाहरुको उपस्थिति रहेका थियो । 

    Police Programme1.jpg

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई र दिपक थापा, कोशी प्रदेश प्रमुख चन्द्र कुबेर खापुखलगायत अन्य सकल दर्जाका बहालवाला प्रहरीहरुको उपस्थिति रहेको थियो । 

    त्यसैगरी पुर्बप्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईलगायत विभिन्न कलाकारिता पेशामा आबद्ध सिनियर  प्रहरी अधिकृत  र जुनियर प्रहरी अधिकृतहरुको पनि उपस्थिति रहेको थियो । 

    कार्यक्रममा पुर्ब प्रहरी कलाकारहरुलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले खादा ओढाएर सम्मान गर्नु भयको थियो ।

    Police Programme5.jpg
    undefined

    सो कार्यक्रममा बोल्नुहुँदै महानिर्देनिरीक्षक कुँवरले कला र सस्कृतिले भरिपुर्ण हाम्रो समाज सेवामा कटिबद्ध रहेको बताउनु भयो । सो अवसरमा उहाँले छरिएर रहेका प्रहरी कर्मचारीहरुको हक हितमा समेत आफू प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । त्यस्तै नाटक, कथा, कविता गीत र अभिनय जस्ता विभिन्न कलाकारिताको क्षत्रबाट आम नागरिकहरु माँझ अपराध रोकथाममा टेवा पु¥याउन उहाँले आव्हान समेत गर्नुभयो ।

    Police Programme2.jpg
    undefined

    प्रहरी सेवामा रही कार्यक्रममा उपस्थित भुतपुर्व कलाकारहरूले परिचय दिने क्रममा पुर्बप्रहरी अधिकृत तथा कलाकार बिनोद के.सी.ले यसरी प्रहरी प्रधान कार्यालयले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नयाँ चेलिलाई माइतिले बोलाएको जस्तै अनुभव भएको भन्दै खुशिको सिमा नै नरहेको कुरा ब्यक्त गर्नुभयो । कलाकार पुलिस जस्तै हुन सक्ला तर पुलिस कहिल्यै हुन नसक्ने र पुलिस कलाकार हुन सक्दो रहेछ भन्ने कुराको अनुभव सुनाउदै ‘एउटा गिर्छ, सङ्गठन पिर्छ’ भन्ने आफुले रचेको नारालाई सदैब पालना गर्दै अघि बढ्ने कुरा कलाकार के.सी.ले व्यक्त गर्नुभयो । 

    Police Programme3.jpg
    undefined

    सो कार्यक्रममा पुर्बप्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईलगायत सबै सर्जक कलाकारहरुले आ–आफ्नो तर्फबाट मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्घोषण गायक, लेखक तथा प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गर्नु भएको थियो । 

    प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आमन्त्रित सबै बहालवाला र भुतपुर्व सर्जक कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    Police Programme.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend