२०८३ भाद्र २८ गते आइतवार

images

लिभरपूलको विजयी यात्रा कायम, आर्सनल पराजित

लिभरपूलको विजयी यात्रा कायम, आर्सनल पराजित

सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं। साविक विजेता लिभरपूलले प्रिमियर लिगमा आइतबार आर्सनलमाथि १-० को जित हासिल गर्दै आफ्नो अपराजित लयलाई निरन्तरता दिएको छ। खेलको अन्तिम मिनेटहरूमा डोमिनिक सोजबोलाइसको गोलले लिभरपूललाई जित दिलायो।

    लगातार तेस्रो जितसँगै लिभरपूल ९ अंक लिएर तालिकाको शीर्ष स्थानमा उभिएको छ।

    एनफिल्डमा भएको खेलमा लिभरपूलका सोजबोलाइसले ८३औं मिनेटमा शानदार फ्री किक गोल गरे। यो गोल नै खेलको एकमात्र र निर्णायक गोल बन्यो, जसले लिभरपूललाई पूर्ण ३ अंक दिलायो।

    तीन चरणको खेलपछि लिभरपूल प्रिमियर लिगमा शतप्रतिशत जित हासिल गर्ने एकमात्र टिम बनेको छ। पहिलो हार व्यहोरेको आर्सनल ३ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

    अर्कोतर्फ, क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-० ले हराउँदै प्रभावशाली प्रदर्शन गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend