२०८३ कार्तिक १४ गते शुक्रवार

images

काठमाडौँ महानगरमा कवाड व्यवसायीको धर्ना, दमनको विरोधमा आन्दोलन तीव्र

काठमाडौँ महानगरमा कवाड व्यवसायीको धर्ना, दमनको विरोधमा आन्दोलन तीव्र

सहर्ष न्युज
बुधवार, भाद्र ११ २०८२
सहर्ष न्युज
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ : काठमाडौँ महानगरपालिकाले दमन र ज्यादती गरेको आरोप लगाउँदै कवाड व्यवसायीहरूले तेस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन्।

    कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा महानगरका विभिन्न स्थानबाट र्‍याली निकाल्दै व्यवसायी, संकलक र मजदुरहरूले महानगर कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दै आफूमाथि भएको दमनको विरोध जनाएका छन्।

    संघर्ष समितिका अनुसार, काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूका संरचना भत्काउनुका साथै संकलक र मजदुरमाथि कुटपिट र दुर्व्यवहार गरेको छ। यस्ता गतिविधिविरुद्ध उनीहरूले निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

    व्यवसायीहरूले संविधानले ग्यारेन्टी गरेको पेसा–व्यवसाय गर्न पाउने हक सुनिश्चित गर्न माग गर्दै, आफ्नो जीविकोपार्जनमै हमला भएको बताएका छन्।

    प्रदर्शनले चुलिंदै गएपछि स्थानीय प्रशासन र महानगरको ध्यान आकर्षित भएको छ भने समाधानका लागि संवादको पहल आवश्यक देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend