२०८३ श्रावण ११ गते सोमवार

images

भारतीय विदेशसचिव मिश्री काठमाडौँमा

भारतीय विदेशसचिव मिश्री काठमाडौँमा

सहर्ष न्युज
आइतवार, भाद्र १ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुग्नुभएको छ ।  

    भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

    विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उहाँ भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिवको भ्रमणले दुई देशबिचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend