२०८३ श्रावण ११ गते सोमवार

images

गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्यो

गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्यो

सहर्ष न्युज
बिहिवार, श्रावण ३० २०८२
सहर्ष न्युज
बिहिवार, श्रावण ३० २०८२
  • काठमाडौँ : गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन्। यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको संख्या २२७ पुगेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले मङ्गलबार जानकारी दिए।

    संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार मृत्यु हुनेमध्ये १०३ जना बालबालिका रहेका छन्। विश्व खाद्य कार्यक्रम (वर्ल्ड फुड प्रोग्राम) ले गाजामा अहिलेको अवस्थालाई सङ्घर्ष सुरु भएयताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भनेको छ।

    उनले थपे, 'यस परिस्थितिमा समेत गाजामा पुग्ने मानवीय सहायता न्यूनतम आवश्यकताभन्दा धेरै कम छ। मानवीय सहायता ढुवानीमा धेरै ढिलाइ र अवरोधहरू भइरहेका छन्, जसले आवश्यक परिमाणमा सहायता पुर्याउन संयुक्त राष्ट्रसंघलाई बाधा पुर्याइरहेको छ।'

    सोमबार संयुक्त राष्ट्रसंघले इजरायली अधिकारीहरूसँग समन्वयका लागि १६ वटा सहायता अभियान प्रस्ताव गरेको थियो, जसमा खाना, औषधोपचार सामग्री र इन्धन सङ्कलन जस्ता कार्यहरू समावेश थिए। तीमध्ये केवल चार वटा मात्र सहज रूपमा सम्पन्न हुन सक्यो, तीन वटा अस्वीकार गरिए र चार वटा केही अवरोधपछि मात्र सफलतापूर्वक सम्पन्न भए।

    दुजारिकले भने, 'इजरायली पक्षबाट पूर्वस्वीकृति प्राप्त गर्न धेरै समय लाग्ने भएकाले मानवीय सहायता समन्वयको प्रयासमा बहुमूल्य समय खेर जाने अवस्था छ।'

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend