काठमाडाैं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।
जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको बताए।
तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि बृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे ।
तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
