२०८३ श्रावण ११ गते सोमवार

images

सिन्धुलीबाट हराएका हायू परिवार पोखरामा फेला, आफन्तको जिम्मा लगाइयो

सिन्धुलीबाट हराएका हायू परिवार पोखरामा फेला, आफन्तको जिम्मा लगाइयो

सहर्ष न्युज
मंगलवार, श्रावण १४ २०८२
सहर्ष न्युज
मंगलवार, श्रावण १४ २०८२
  • पोखरा : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट केही दिनअघि सम्पर्कविहीन भएका उर्मिला हायू र उनका परिवार पोखरा महानगरपालिका–३० गगनगौडामा फेला परेका छन्।

    उनीहरू सोमबार बेलुका पोखरा–३० स्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका थिए। फेला परेका परिवारलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको पोखराका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

    पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा हायू परिवारलाई आफन्तको जिम्मा लगाइएको हो।

    धनबहादुर हराएकी कमला हायूका पति हुन्। प्रहरीका अनुसार, परिवारका सदस्यहरू बेला–बेला बिरामी भइरहने गरेकाले धामीको सल्लाहअनुसार गाउँ छाडेर हिँडेको उनीहरूले बताएका छन्।

    स्थानीय प्रशासन र वडाको समन्वयमा परिवारलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend