धनगढी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच मंगलबार बिहान भेटवार्ता भएको छ।
मुख्यमन्त्री निवासमा सम्पन्न भेटमा समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिममा ऊर्जा तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र सम्भाव्य परियोजनाहरूमा विस्तृत छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।
भेटका क्रममा प्रदेशस्तरीय आयोजनाहरूलाई संघ सरकारको सहकार्यमा अगाडि बढाउने, दीर्घकालीन सिँचाइ सुविधा विस्तार गर्ने र वैकल्पिक ऊर्जामा लगानी प्रवर्द्धन गर्ने विषयमा पनि विचार आदानप्रदान भएको बताइएको छ।
सुदूरपश्चिममा जलस्रोत तथा ऊर्जा क्षेत्रमा अपार सम्भावना रहेकाले त्यसको दीगो उपयोगमा केन्द्र र प्रदेश सरकारबीच सहकार्य बढाउने सहमति समेत भएको स्रोतको भनाइ छ।
