२०८३ श्रावण ११ गते सोमवार

images

स्याङ्जामा दर्जनौँ विद्युतीय सवारी चार्जिङ स्टेसन, लोकप्रियता बढ्दै

स्याङ्जामा दर्जनौँ विद्युतीय सवारी चार्जिङ स्टेसन, लोकप्रियता बढ्दै

सहर्ष न्युज
सोमवार, श्रावण १३ २०८२
सहर्ष न्युज
सोमवार, श्रावण १३ २०८२
  • स्याङ्जा : इन्धनमा आधारित सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन प्रदूषणरहित र वातावरणमैत्री हुने भएकाले यसको लोकप्रियता बढ्दै जान थालेको छ । राजमार्गमा विद्युतीय सवारी साधन बाक्लो चल्न थालेसँगै स्याङ्जामा पछिल्लो समय धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

    लामो तथा छोटो दुरीका लागी सिद्धार्थ राजमार्ग हुँदै दैनिक एक सयभन्दा बढी विद्युतीय सवारी साधन चल्न थालेसँगै स्याङ्जामा धमाधम चार्जिङ स्टेसन खुल्न थालेका हुन ।

    इन्धनमा आधारित सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन प्रदूषणरहित र वातावरणमैत्री हुने भएकाले यसको लोकप्रियता बढ्दै जान थालेको छ । राजमार्गमा विद्युतीय सवारी साधन बाक्लिए सँगै ब्यावसायीहरुले सहजै सवारी चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन सञ्चालन गरेका हुन । स्याङ्जा जिल्ला अन्तर्गत ७९ किलोमिटर सिद्धार्थ राजमार्गमा ब्यावसायीले दर्जन भन्दा बढी चार्जिङ स्टेसन संचालमा रहेका छन् ।

    स्टेसन सँगै ब्यावसायीले होटल समेत सञ्चालन गरेका छन् । चार्ज गर्ने समय यात्रुले खाजा नास्ता खाने भएका कारण चार्जिङ स्टेसन सँगै होटल ब्यावसाय सञ्चालन गरेको व्यवसायी बताउँछन् ।

    चार्जिङ स्टेसनको वृद्धि सँगै स्थानीयहरूले रोजगारी समेत पाएका छन् । जिल्लाको बल्पुक,गीरीङ्र्दी,वालीङ ,पुतलीबजार,जैसीडाडा,बाडखोला लगाएतका क्षेत्रमा स्टेसन सञ्चालनमा आएका छन् ।

    ब्याबसायीले सवारी चार्ज गर्दा एक पोईन्टको ७ देखि ९ रुपैयाँ लिने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend