२०८३ श्रावण ११ गते सोमवार

images

बागमती प्रदेशका चार कांग्रेस मन्त्रीको एकैपटक राजीनामा, शक्ति संघर्ष सतहमा

बागमती प्रदेशका चार कांग्रेस मन्त्रीको एकैपटक राजीनामा, शक्ति संघर्ष सतहमा

सहर्ष न्युज
शुक्रवार, श्रावण १० २०८२
सहर्ष न्युज
शुक्रवार, श्रावण १० २०८२
  • काठमाडौं । बागमती प्रदेश सरकारका चारजना मन्त्रीले आज एकैसाथ पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई संस्कृति, सहकारी, युवा तथा आन्तरिक मामिला मन्त्रालय सम्हालिरहेका मन्त्रीहरूले व्यक्तिगत कारण देखाउँदै राजीनामा बुझाएका हुन् ।

    राजीनामा दिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् । चारै जना नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए ।

    उनीहरूले मुख्यमन्त्री लामा तामाङलाई ह्वाट्सएपमार्फत राजीनामा पत्र पठाएका छन् । एउटै शैलीमा लेखिएको राजीनामा पत्रमा भनिएको छ, "विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएको छु ।"

    साथै, अहिलेसम्म मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न अवसर दिएकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै उनीहरूले पत्रमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

    स्रोतका अनुसार, नेपाली कांग्रेसभित्रै पछिल्लो समय तीव्र रूपमा चलिरहेको मुख्यमन्त्री परिवर्तनको कसरतका बीच यो कदम आएको हो । राजीनामा दिने चारै जना मन्त्रीहरू पार्टीको आन्तरिक समीकरणअनुसार पदबाट अलग भएको बताइएको छ ।

    यस घटनाले बागमती प्रदेशमा सरकारको नेतृत्व, सन्तुलन र आगामी राजनीतिक समीकरणमा गम्भीर प्रभाव पार्ने देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend