२०८३ कार्तिक १४ गते शुक्रवार

images

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै

सहर्ष न्युज
शुक्रवार, आषाढ २० २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश दुवै सरकारलाई दिएको समर्थन आज औपचारिक रुपमा फिर्ता लिने भएको छ।

    सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्ना मन्त्री बर्खास्त गरिएपछि पार्टीले समर्थन फर्ता लिने निर्णय गरेको हो ।

    पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले हिजो साँझ पार्टीको आकस्मिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्रीले आफ्ना  मन्त्रीलाई बर्खास्त गरेपछि पार्टीको निर्णय स्पष्ट रहेको बताउदै आज सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिइन ।  आज औपचारिक रूपमा समर्थन फिर्ता बताएकि छिन् ।

    यसअघि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गरेका थिए। मन्त्री चौधरीले राजीनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्रीले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै उनलाई हटाएका हुन्।

    पार्टी संरक्षक रेशम चौधरीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा सहमति रहेको जनाएका छन्।

    सुदूरपश्चिम प्रदेशमा हाल नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको साझा सरकार थियो।

    प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन्। यद्यपि, नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिँदा पनि मुख्यमन्त्री शाहको बहुमतमा तत्काल असर नपर्ने देखिन्छ। ५३ सदस्यीय सभामा बहुमतको लागि २७ सिट आवश्यक पर्छ,जसमा कांग्रेस–एमालेसँग मिलेर २९ सांसद रहने छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend