२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • तापक्रम बढ्दै जाँदा इङ्गल्याण्डमा स्वास्थ्य शतर्कता...

तापक्रम बढ्दै जाँदा इङ्गल्याण्डमा स्वास्थ्य शतर्कता अपनाइँदै

तापक्रम बढ्दै जाँदा इङ्गल्याण्डमा स्वास्थ्य शतर्कता अपनाइँदै

सहर्ष न्युज
बुधवार, आषाढ १८ २०८२
सहर्ष न्युज
बुधवार, आषाढ १८ २०८२
  • बेलायत । बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप–स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ ।

    जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ । 

    मौसम कार्यालयकाअनुसार सोमबार र मङ्गलबारसम्म तातो मौसम जारी रहने पूर्वानुमान गरिएको छ । केही मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम ३४ वा ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।

    यदि यस्तो भयो भने १९३० पछि बेलायतमा जुनको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा बढी भएको यो चौथो पटक मात्र हुनेछ । यद्यपि १९७६ मा स्थापित ३५.६ डिग्री सेल्सियसको जुनको रेकर्ड तोडिने अपेक्षा गरिएको छैन ।

    गत आइतबार दक्षिणपूर्वी इङ्गल्याण्डका केही भागहरूमा ३१ डिग्री सेल्सियस पुगेको थियो । मौसम–स्वास्थ्य चेतावनी प्रणालीअन्तर्गत एम्बर अलर्टको अर्थ सम्पूर्ण स्वास्थ्य सेवामा मौसमी प्रभावहरू महशुस हुने सम्भावना छ । यसैबिच युरोपभरि तीव्र तापक्रम रेकर्ड गरिएको छ । दक्षिणी स्पेनको एन्डालुसियामा शनिबार ४६ डिग्री सेल्सियस तापक्रम देखिएको थियो भने आइतबार मध्य पोर्चुगलको मोरा शहरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।

    जलवायु परिवर्तनका कारण गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दो र घातक बन्दै गएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend