२०८३ श्रावण ११ गते सोमवार

images

लघुचलचित्र ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा

लघुचलचित्र ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा

सहर्ष न्युज
सोमवार, आषाढ १६ २०८२
सहर्ष न्युज
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौं । लघुचलचित्र ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ। पर्फोमिङ आर्ट क्रियसनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन्। सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सम्पादन कार्य अन्तिम चरणमा रहेको निर्देशक मगरले जानकारी दिएका छन्।

    सत्य घटनामा आधारित लघुचलचित्र बाछिटाले सशस्त्र द्वन्द्वका छिट्टालाई चित्रण गर्ने निर्देशक मगरले जानकारी दिएका छन्। क्रिशला मगर कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा, पटकथा लेखन आरुष मगरले गरेका छन्। संकल्प भुजेलको छायांकन, राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् भने दृश्य सम्पादन निर्देशक मगरले गरेका छन्।

    चलचित्रमा शुशिला थापा, सुनिता गाहा मगर, अमृत काउचा मगर, विकल लामा, मिना पुर्णिमा आदि कलाकारको अभिनय छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend