२०८३ भाद्र २८ गते आइतवार

images

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर, १३ सदस्यीय कार्यसमितिमा को-को

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर, १३ सदस्यीय कार्यसमितिमा को-को

सहर्ष न्युज
शनिवार, श्रावण २६ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण २६ २०८१
  • काठमाडौँ । विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । आज नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    १३ सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend