२०८३ भाद्र २८ गते आइतवार

images

बागमतीसहित ३ ठुला नदी र ८ जिल्लामा सतर्कता अपनाउन आग्रह

बागमतीसहित ३ ठुला नदी र ८ जिल्लामा सतर्कता अपनाउन आग्रह

सहर्ष न्युज
आइतवार, जेठ २६ २०८२
सहर्ष न्युज
आइतवार, जेठ २६ २०८२
  • काठमाडाैं : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) ८ वटा जिल्लामा बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

    विभागद्वारा जारी बुलेटिनअनुसार इलाम, पाँचथर, खोटाङ, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले नदी किनारमा सतर्कता अपनाउन भनिएको छ।

    महाशाखाले आगामी तीन दिन (मंगलबारसम्म) को पूर्वानुमान पनि सार्वजनिक गरेको छ। कोसी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती र बबई नदीमा सतर्कता तहभन्दा तलै जलसतह रहने अनुमान गरिएको भए पनि उतारचढाव सम्भव भएकाले सतर्क रहन भनिएको छ।

    त्यस्तै, कन्काई, कमला र बागमती नदीमा पनि बहाव केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रका गतिविधिमा सावधानी अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend