२०८३ भाद्र २८ गते आइतवार

images

बागमतीको डाइभर्सन बाढीले बगायो, यातायात अवरुद्ध

बागमतीको डाइभर्सन बाढीले बगायो, यातायात अवरुद्ध

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२

  • काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड वर्षाका कारण अवरुद्ध भएको छ । शनिवार रातिबाट परेको पानीका कारण सवारी साधन आवत–जावत गर्न बनाएको डाइभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।  

    आइतवार बिहानदेखि मकवानपुर र ललितपुरको सिमानास्थित मकवानपुरको भीमफेदी गाउँपालिका –८ र ललितपुरको बागमती गाउँपालिका –२ मा बागमती नदीमा बनाइएको डाइभर्सन बाटो बगाएको हो। प्रहरी टोलीले अवरुद्ध बाटो खुलाउने पहल गरिरहेको उहाँले बताउनुभयो । 

    प्रशासनले यसअघि कान्ति लोकपथ सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जानकारी दिएको थियो । निरन्तर वर्षा भइरहेकाले हेटौँडा–काठमाडौँ यात्रा गर्दा सुरक्षित भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ । 

    गोरखापत्रबाट साभार अनिल पराजुलीको लेख 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend