काठमाडौं । स्विस विकास तथा सहकार्य एजेन्सीको सहयोगमा बीड म्यानेजमेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषणा गरिएको छ ।
नेपालको कृषि क्षेत्रमा डिजिटल नवप्रवर्तनको समुन्नतिका निम्ति केन्द्रित यो परियोजना एक वर्ष सञ्चालन हुनेछ ।
यस परियोजनाले कृषि उत्पादन, दक्षता तथा दिगोपनको प्रवर्द्धनका लागि डिजिटल प्रविधिका मार्फत कृषि प्राविधिक नवव्यवसाय साना तथा मझौला र ठूला व्यवसायलाई पहिचान एवं सहयोग गर्ने परियोजनाको ध्येय छ । यस पररयोजनाले सहकार्य तथा मार्गदर्शनको मञ्च प्रदान गरी डिजिटल उपायको विकासका साथै नेपालमा कृषि क्षेत्रको प्रबर्द्धन गर्नेछ ।
यस सन्दर्भमा ट्यान्जेन्ट वेभ्स्का संस्थापक सुमन शाक्य भन्छन्– ‘नेपालको कृषि क्षेत्रको रुपान्तरणका निम्ति डिजिटल नवप्रवर्तनको भूमिका महत्वपूर्ण हुनेछ । कृषक तथा कृषि क्षेत्रका समस्या हल गर्न उद्यमीहरुको सशक्तिकरण गर्ने ‘एग्री–डिजी–टेक च्यालेन्ज’ परिवर्तनको उत्प्रेरक हो ।’
यो परियोजना कृषि क्षेत्रमा सञ्चालित व्यवसायको बीमा, अनलाइन बजार, वित्तीय सेवा, भण्डारण, यातायात व्यवस्थापन प्रणाली, मोबाइल एप्लिकेसनलगायतका विभिन्न डिजिटल नवप्रवर्तनमा लक्षित गरेको छ ।
यस च्यालेन्जले ५ देखी ८ महिनाको अवधिमा चुनिएका नवव्यवसाय, साना तथा मझौला व्यवसाय तथा ठूला व्यवसायको विकास तथा सामाजिक प्रभाव सिर्जना गर्नका लागि एक्सलेरेटरका साथसाथै मेन्टोरिङ्ग, प्राववविक सहयोग, लगानी अवसरद्वारा सहयोग पु¥याउनेछ ।
बीड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्यले भने, ‘यस च्यालेन्जको विजेतालाई स्विस विकास तथा सहकार्यबाट लगानी प्रदान गरिनेछ ।’
