२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

सहर्ष न्युज
सोमवार, चैत्र १० २०८१
सहर्ष न्युज
सोमवार, चैत्र १० २०८१
  • काठमाडौं : सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि उनको ठाउृँमा हितेन्द्र देव शाक्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

    ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिए ।

    चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो । तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङलाई विवादमा ल्याइएको थियो । उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ तर सरकारले भने प्राधिकरणलाई भन्दा पनि प्राधिकरणको बक्यौता नतिर्ने उद्योगीलाई साथ दिंर्दै आएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend