२०८३ भाद्र २७ गते शनिवार

images

ताप्लेजुङको काबेली–३ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

ताप्लेजुङको काबेली–३ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

सहर्ष न्युज
शनिवार, फाल्गुण २४ २०८१
सहर्ष न्युज
शनिवार, फाल्गुण २४ २०८१
  •  

    आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले आयोजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । हालसम्म आयोजनाको भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भएको ढङ्गानाले बताउनुभयो । उहाँका अनुसार निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आउँदो चैत पहिलो साता सम्ममा आयोजनाबाट औपचारिक रूपमा विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । 

    काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो चैत मसान्तभित्र आयोजना निर्माण सम्पन्न गर्नेगरी २०७९ माघ महिनादेखि काम सुरु गरेको थियोे । सिरिजङ्घा गाउँपालिका–५ पेदाङ, वडा ६ मामाङ्खे र वडा ७ खेबाङमा आयोजनास्थल रहेको र यहाँ उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरको हिलिहाङ गाउँपालिकास्थित १३२ केभीए क्षमताको अमरपुर सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।

    आयोजनाका वरिष्ठ इन्जिनियर सिद्धान्त थपलियाका अनुसार उत्पादित विद्युत् अमरपुर सब-स्टेसनसम्म पुर्‍याउन पेदाङ पुछार खोलाघारीमा रहेको विद्युत् गृहदेखि ३१ वटा टावर पोल (खम्बा) मार्फत प्रसारण लाइन जडान गरिएको छ । आयोजनाको संरचनाहरूमा भने मामाङ्खे र खेबाङको सिमानास्थित ओथम्मा गहिरीमा रहेको मुहानदेखि ५.१२८ किलोमिटर लामो सुरुङमार्फत पानी ल्याएर विद्युत् गृहमा खसालिएको इन्जिनियर थपलियाले बताउनुभयो ।  

    यता आयोजनाको कुल लागत भने चार अर्ब २८ करोड ५० लाख एक हजार रुपियाँ रहेको आयोजनाका सम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । आयोजनाको उक्त लागत बजेटमा एनएमवी बैँक, प्रभु बैँक र नविल बैँक लिमिटेडको साझेदारी रहेको पनि उहाँले बताउनुभयो ।

    काबेली–३ बाहेक यस क्षेत्रमा मात्र गएको मङ्सिरबाट उत्पादन सुरु भएको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ र भर्खरै उत्पादन भएको १२ मेगावाट क्षमताको सुपर काबेलीसमेत जलविद्युत् आयोजनाको सङ्ख्या तीन पुगेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend