२०८३ भाद्र २७ गते शनिवार

images

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगोको मुस्लो निस्कियो

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगोको मुस्लो निस्कियो

सहर्ष न्युज
मंगलवार, फाल्गुण २० २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगोको मुस्लिो निस्किएको छ ।

    टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक बोरिङ खन्ने क्रममा आगो निस्किएको हो । उक्त बोरिङ खन्ने क्रममा तीनसय मिटर मुनिबाट आगोको ज्वाला निस्किएको हो ।

    पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको स्थानीयले जानकारी दिएका छन् । उक्त आगोलाई बिहानदेखि नै निभाउने प्रयास गरिएको थियो ।

    स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेका थिए । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने पठाएको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend