२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाज
  • महाशिवरात्रिमा मेलम्चीको १५ करोड लिटर पानी...

महाशिवरात्रिमा मेलम्चीको १५ करोड लिटर पानी बागमतीमा छाडियो

महाशिवरात्रिमा मेलम्चीको १५ करोड लिटर पानी बागमतीमा छाडियो

सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा वितरण गर्ने बताएको छ।  

    समितिका कार्यकारी निर्देशक रत्न लामिछाने महाशिवरात्रीका लागि मङ्गलबार राति १० बजेदेखि बिहीबार बिहान ८ बजेसम्म प्रतिसेकेण्ड आठ सय लिटर पानी छोडिएको जानकारी दिनुभयो। यससँगै दैनिक रूपमा मेलम्चीको पानी बागमतीमा पठाइएको उहाँको भनाइ छ।

    उहाँले भन्नुभयो, “अरू बेला पनि बागमतीमा पानी छोडिरहेका थियौं। नियमित पानी वितरणलाई असर नपर्ने गरी कुनै बेला ६ देखि १० करोड लिटरसम्म पानी पठाउने गरेका छौं। अहिले एक दिनमा सातदेखि आठ करोड लिटर पानी पठाइरहेका छौं।”

    उहाँले महाशिवरात्रि लगायत अरू चाडपर्वको समयमा पनि मेलम्ची आयोजनाको पानी बागमती नदीमा वितरण गर्ने गरेको बताउनुभयो। 

    मेलम्चीको पानी बन्द हुँदा बागमती धाप ड्यामबाट पानी वितरण हुने गर्दछ। यसैको सापटी स्वरूप पनि बागमती नदीमा पानी वितरण गरिएको उहाँको भनाइ छ। 

    उहाँले भन्नुभयो, “मेलम्चीको पानी असारमा बन्द गर्ने बेलामा बागमती आयोजनाबाट धाप ड्यामको पानी सापटी ल्याउँथ्यौं। तयही पानी सापटी स्वरूप दिने गरेका छौं। अहिले हामीले दैनिक पानी छोडेका छौं।”

    महाशिवरात्रिमा मेलम्चीको करिब १५ करोड लिटर पानी बागमती नदीमा बगाइने उहाँको भनाइ छ। महाशिवरात्रिमा भक्तजनको प्रयोजनका लागि पानी छोडिएको उहाँको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend