२०८३ भाद्र २७ गते शनिवार

images

म्याग्दीमा दुई पटक भूकम्प, चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस

म्याग्दीमा दुई पटक भूकम्प, चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस

सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
  • गलेश्वर(म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो । 

    चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

    बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिका–७ ताकमका गोपाल आचार्यले बताउनुभयो । भूकम्पको धक्का महसुस मालिका गाउँपालिका र धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीमा भएको छ। जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । 

    पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशक यता ४ देखि ५ रेक्टर स्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भूकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend