२०८३ भाद्र २८ गते आइतवार

images

‘नो केबलकार’ समूहद्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द

‘नो केबलकार’ समूहद्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द

सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
  • ताप्लेजुङ – पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विरोध जनाईरहेकोे ‘नो केबलकार’ समूहले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् ।

    शनिबार पाथीभरा क्षेत्रमा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।

    मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने र १२ गतेको झडपमा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन् । यस्तै, काफ्लेपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई रिहा गर्न पनि माग गरेका छन् ।

    ‘नो केबलकार’ समूहले मेची राजमार्ग र तमोर करिडोरमा मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म र तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म यातायात ठप्प भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend