२०८३ भाद्र २८ गते आइतवार

images

गोरखा हुँदै चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट छुट्याईयो

गोरखा हुँदै चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट छुट्याईयो

सहर्ष न्युज
शनिवार, माघ ५ २०८१
सहर्ष न्युज
शनिवार, माघ ५ २०८१
  • सुलीकोट । गोरखा हुँदै चीन जोड्ने सडक अन्तर्गत बेनीघाट–आरुघाट–लार्के सडक खण्ड कालोपत्रेका लागि ६० करोड बजेट स्रोत सुनिस्चित भएको छ । आर्खेतदेखि हाबाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो । 

    उहाँका अनुसार अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएपछि अबको केही दिनमा ठेक्का निकाल्ने काम अघि बढाएर वैशाखसम्म सम्झौता हुने उहाँले बताउनुभयो । उक्त सडक खण्डको लागि यो वर्ष नेपाल सरकारले जम्मा ७ करोड बजेट विनियोजन भएकोमा चुमनुब्री गाउँपालिका अध्यक्ष र जिल्लाको जनप्रतिनिधि कम बजेट विनियोजन गरेको भन्दै बजेट थप गरिदिन भन्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । 

    भर्खरै मात्र अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न ६० करोड बजेट स्रोत सुनिश्चित गरेको हो । स्रोत सुनिश्चित भयसँगै यो वर्ष आर्खेतदेखि हाबाडाँडासम्मको सडक कालोपत्रे हुने भएको छ । बेनीघाटदेखि लार्केसम्मको कुल १ सय ५४ किलोमिटरमध्ये ९७ किलोमिटर सडक खण्डमा चारपाङ्ग्रे गाडी गुड्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । 

    अहिले उक्त सडक खण्डलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । पाङसिङभीर, न्याक फेदी, रुबीनाला र पेबाभीरमा ब्लाष्टिङको काम भइरहेको छ । 

    गोरखादेखि चीन जोड्ने सडकले सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत् र पर्यटन धार्मिक स्थलको विकासको लागि महत्त्वपूर्ण योगदान पुग्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend