२०८३ भाद्र २९ गते सोमवार

images

यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सन्जिता गुरुङ पक्राउ

यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सन्जिता गुरुङ पक्राउ

सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६ बस्ने तनहुँको बन्दिपुर गाउँपालिका-२ की २३ वर्षीया सन्जिता गुरुङ रहेकी छन् । यूके पठाइदिन्छु भन्दै दुई जनालाई ठगी गरेर गुरुङ सम्पर्कविहीन बनेको उजुरी परेको प्रहरीको भनाइ छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार गुरुङले पीडितसँग ६० लाख ८९ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend