बर्दीबास । गौशाला नगरपालिका १० स्थित मडाहा खोलामा भइरहेको अवैध उत्खनन रोक्न घटनास्थल पुगेका वन गस्तिमाथि आक्रमण भएको छ । डिभिजन वन अधिकृत अजयकुमार मिश्रले गुण्डा समुहको आक्रमणबाट सशस्त्र वन रक्षक विदुर अधिकारी घाइते भएको जनाउनुभयो ।
नियमित गस्तिका क्रममा आज बिहान ४ बजेतिर घटनास्थल पुगको वन कर्मचारीले मडाहा खोला तथा तटवर्ती क्षेत्रमा अवैधरुपमा उत्खनन् भइरहेको देखेपछि एउटा स्काभेटर र ५ वटा ट्रिप्पर नियन्त्रणमा लिएका थिए । गस्ति कमाण्डर एवम् सव डिभिन वन कार्यालय माइस्थानका वन अधिकृत सिकिन्दर चौधरीका अनुसार गाडीहरु नियन्त्रणमा लिएपछि त्यसका चालकहरु भागेर खोला पश्चिमतर्फ रहेको जय माँ जालपा ढुङ्गा गिट्टी वालुवा वासिङ सेन्टरबाट पुगेका थिए । त्यहाँबाट लगत्तै १५÷१६ वटा मोटरसाइकलमा आएका समूहले वन कर्मचारीमाथि गाली गलौज र हुलहुज्जत गरेको उहाँले बताउनुभयो ।
चौधरीले भन्नुभयो, ूअरु चालकहरु भागेपनि हामीले ५ थान गाडी र एकजान टिपर चालकलाई नियन्त्रणमा लिएका थियौं । समूहले बल प्रयोग गरेर ती चालकसहित सबै गाडी थुतेर लगेको थियो । प्रतिकार गर्दा सशस्त्र वन रक्षक विदुर अधिकारी घाइते हुनुभएको हो ।ू घटनाका तत्कालै जानकारी गराउँदा पनि करिव २ किमि दुरीमा रहेको इलाका प्रहरी कार्यालयबाट धेरै अबेर ३ जना प्रहरी घटनास्थल पुगेका थिए । त्यतिबेलासम्म घटना घटिसकेको चौधरीले जनाउनुभयो ।
एक त जाडोको रात उसमाथि हुस्सु लागेकोले हुल्याहा समूह कसैलाई पहिचान गर्न नसकेको उहाँले बताउनुभयो । तथापि रातको बिचमा वन गस्तिले उत्खननमा संलग्न गाडीहरुको फोटो खिचेको छ । त्यसमध्ये ४ वटा गाडीको नम्वर कैद भएको उहाँले जनाउनुभयो । फोटोको आधारमा वा ३ क १११६ नंको स्काभेटर तथा प्र २–०३–००१ क ०५९२, प्र २–०३–००१ क ०३९२ र प्र २–०३–००१ क ०५८२ नंको गाडीमाथि कारवाही गर्न लागेको उहाँले बताउनुभयो ।
चौधरीले भन्नुभयो, ूघटनाको प्रतिवेदन तयार हुँदैछ । त्यसपछि कारबाही प्रकृयामा जान्छौं ।ू घटनाको जानकारीपछि जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्णको नेतृत्वमा गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो, डिभिजन वन प्रमुख अजयकुमार मिश्र लगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा राती वन गस्तिले नियन्त्रणमा लिएका सवैजसो गाडीहरु माँ जालपा ढुङ्गा गिट्टी वालुवा वासिङ सेन्टरमा फेला परेको जनाइएको छ । चालु आर्थिक वर्ष ०८१(८२ का लागि कतिपय स्थानीय तह ठेक्का प्रकृयामा गएपनि अहिलेसम्म जिल्लाका कुनै पनि खोला उत्खननका लागि ठेक्का लागेको छैन ।
यसबिच अवैधरुपमा खोला उत्खनन्को काम भने भइरहेको घटनाक्रमले देखाएका छन् ।
