२०८३ कार्तिक १५ गते शनिवार

images

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

सहर्ष न्युज
शनिवार, पौष १३ २०८१
सहर्ष न्युज
शनिवार, पौष १३ २०८१
  • काठमाडौं । अजरबैजान एयरलाइन्सले बुधबार कजाकस्तानमा भएको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको दाबी गरेको छ ।

    दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो ।

    यो विमान दक्षिणी रूसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने योजनामा रहेको बताइएको छ ।

    रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले शुक्रबार बताएअनुसार चेचन्याको राजधानीमा स्थिति निकै जटिल रहेकोले त्यहाँ उडानमा प्रतिबन्ध लगाइएको थियो ।

    यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रूसका सात शहरहरूमा उडानहरू स्थगित गरेको छ।

    युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यस विमान दुर्घटनाको जिम्मेवारी रूसलाई दिएका छन्।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेस्कोवले यी आरोप बारे भने, ‘म एकपटक फेरि दोहोर्‍याउँछु, मैले जे भनेको छु, त्यसमा मलाई अरू केही थप्नुपर्ने छैन। यो विमान दुर्घटनाको अनुसन्धान भइरहेको छ र जबसम्म अनुसन्धानको नतिजाबाट कुनै निष्कर्ष निस्कँदैन, हामी आफूलाई कुनै निष्कर्ष निकाल्न योग्य मान्दैनौं र त्यसो गर्नेछैनौँ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend