२०८३ कार्तिक १४ गते शुक्रवार

images

१.४५ अर्ब मानिस बस्ने भारतमा अझ धेरै बच्चा जन्मियून् भन्ने इच्छा किन

१.४५ अर्ब मानिस बस्ने भारतमा अझ धेरै बच्चा जन्मियून् भन्ने इच्छा किन

सहर्ष न्युज
मंगलवार, पौष ९ २०८१
सहर्ष न्युज
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार भारत गत वर्ष चीनलाई उछिन्दै संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बन्यो।

    झन्डै १.४५ अर्ब जनसङ्ख्या भएको देश अब थप जनसङ्ख्या बढाउने पक्षमा नहोला भन्ने तपाईँलाई लाग्न सक्छ। तर भारतमा अहिले जनसङ्ख्या बढाउनुपर्ने पक्षमा बहस एक्कासि चुलिएको छ। देशका दुई दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुका नेताहरू थप सन्तान जन्माउनुपर्ने पक्षमा उभिएका छन्।

    आन्ध्र प्रदेशले घट्दो प्रजनन दर र वृद्ध हुँदै गएको जनसङ्ख्यालाई दृष्टिगत गर्दै प्रोत्साहन दिनेबारे गम्भीरताका साथ विचार गरिराखेको छ। उक्त राज्यले स्थानीय निकायको चुनावका निम्ति "दुई सन्तानको नीति" को खारेज गरेको छ। छिट्टै छिमेकी राज्य तेलङ्गनाले पनि त्यसै गर्न सक्ने विवरणहरू आएका छन्। तमिलनाडुमा पनि यसबारे चर्को गरी कुरा उठेको छ।

    भारतको प्रजनन दर निकै घटेको छ। सन् १९५० मा एक महिलाले सरदर ५.७ सन्तान जन्माउने गरेकोमा अहिले उक्त सङ्ख्या दुईमा सीमित छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend