२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट...

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा, चिसो ह्वात्तै बढ्ने

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा, चिसो ह्वात्तै बढ्ने

सहर्ष न्युज
सोमवार, मंसिर २४ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं : सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आइतबार देखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

    साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र अन्य प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षको सम्भावना छ ।

    मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आर्इ चिसो बढ्न सक्ने छ ।

    वर्ष हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहरण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सर्तकता तथा पूर्व तयारी अपनाउ महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend