२०८३ श्रावण १० गते आइतवार

images

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले गरे स्वयम्भुमा दर्शन र पूजापाठ

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले गरे स्वयम्भुमा दर्शन र पूजापाठ

सहर्ष न्युज
शुक्रवार, मंसिर २१ २०८१
सहर्ष न्युज
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा यतिवेला काठमाडौं आएका छन् ।

    वाङचुकलाई परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भूमा पुगेर पुजा पाठ गरेका थिए । 

    विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए । 

    स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । 

    भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था चुस्त पारिएको थियो । 

    गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend