२०८३ श्रावण ११ गते सोमवार

images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

सहर्ष न्युज
मंगलवार, मंसिर ४ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर ४ २०८१
  • सहर्ष न्युज, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । भक्तपुरस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो ।

    केन्द्रीय अनुसन्धान व्युरो सीआईबी उनलाई पक्राउ गरेको हो । उनलाई कानुनी दायरामा ल्याइएको सीआईबीले पुष्टि गरेको छ ।

    भर्खरै पक्राउ गरेको उनलाई थप अनुसन्धान गर्ने सीआईबीको भनाई छ । सामाजिक सन्जालमार्फत् उनले अफवाह फैलाइरहेको सीआईवीको आरोप छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका सीआईबीको भनाई छ । 

    उले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका ठूला राजनीतिक दल विरुद्ध भ्रामक प्रचार–प्रसार गरिरहेको आरोप छ । त्यस्तै उनी गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउने अभियान पनि चलाउँदै आएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend