२०८३ कार्तिक १५ गते शनिवार

images
  • सिंचाई
  • जलस्रोत क्षेत्रका जानकार दीपक खड्कालाई ऊर्जा,...

जलस्रोत क्षेत्रका जानकार दीपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी

जलस्रोत क्षेत्रका जानकार दीपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी

सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
  • १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता

    सहर्ष न्युज, काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे। पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’मा हस्ताक्षर गरे।

    कार्यदलको संयोजकमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल छन्। कार्यदलको सदस्यहरुमा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभागका महानिर्देशक, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक हुन्। ऊर्जा नीति शाखाका सिनियर डिभिजनल इन्जिनियर सदस्य सचिव रहनेछन् ।

    Urja Sichai Mantri Deepak Khadka1.jpeg

    पदभार ग्रहण गर्दै मन्त्री खडकाले सबै नेपालीको घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यका साथ काम गर्ने विश्वास दिलाए। उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । उनले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’का सम्बन्धमा देखिएको समस्या समाधान गर्ने बताए।

    ‘म भर्खर आएको छु। केही दिन अध्ययन गर्छु र उपयुक्त निकासका लागि आवश्यक निर्णय गर्छु’, मन्त्री खडकाले भने। विसं २०२८ असार १५ गते आमा युगकमारी र बुबा द्रोणबहादुर खड्काको माइलो सुपुत्रको रुपमा सङ्खुवासभाको साविक आँखिभूई गाउँपञ्चायतमा उनको जन्म भएको हो। मानविकी तथा समाजशास्त्र संकयमा स्नातकोत्तर उनले २०४२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन्।

    विसं २०६७ मा नेपाली कांग्रेसको महासमिति सदस्य बनेका उनी विसं २०७० मा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित भए। उनी विसं २०७३ मा खानेपानी राज्यमन्त्री नियुक्त भएका थिए।

    Jalsrot Mantri Deepak Khadka.jpg
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार कार्यक्रममा मन्त्री सहित सहभागीहरु । 

    विसं २०७८मा नेपाली कांग्रेस सङ्खुवासभाको जिल्ला सभापतिसमेत भएका मन्त्री खड्का २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । मन्त्री खड्का वि.सं. २०८० फागुन २७ मा कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बने ।

    दुई पटक सङ्खुवासभाबाट व्यवस्थापिका संसद्मा निर्वाचित नवनियुक्त मन्त्री खड्का राजनीति, समाजसेवा, पर्यटन, जलविद्युत् क्षेत्रबारे जानकार छन् । उनको पहलमा रसुवामा एक सय २० मेगावाट क्षमताको विद्युत आयोजना निर्माणाधीन छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend