२०८३ श्रावण १० गते आइतवार

images

अमेरिकामा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकामा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार

सहर्ष न्युज
आइतवार, आषाढ ३० २०८१
सहर्ष न्युज
आइतवार, आषाढ ३० २०८१
  • अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ।

    उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

    उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ। उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

    गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए।

    त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ।

    ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एउटा सन्देश लेख्दै आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्।

    ट्रम्पले लेखेका छन्, ‘मैले सुँइय्य गरेको आवाज सुन्ने बित्तिकै केही गडबड भएको छ भन्ने थाहा भयो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली लागेर गएको मलाई महसुस भयो।

    ‘धेरै रगत बगेपछि मैले के भइरहेको छ भनेर थाहा पाएँ ।’

    उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend