२०८३ श्रावण १२ गते मंगलवार

images

मध्यपूर्वमा भइरहेको द्वन्द्वको आर्थिक असरलाई निको पार्न दशकौँ लाग्ने आइएमएफको दाबी

मध्यपूर्वमा भइरहेको द्वन्द्वको आर्थिक असरलाई निको पार्न दशकौँ लाग्ने आइएमएफको दाबी

सहर्ष न्युज
शुक्रवार, कार्तिक १६ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक १६ २०८१
  •  

    गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले चालेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो।

    “यी द्वन्द्वका कारण भएको क्षतिले दशकौंसम्म यसको केन्द्रविन्दुमा चिरकालीन असर छोड्नेछ,” कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    आएमएफले सन् २०२४ का लागि मध्यपूर्व र उत्तर अफ्रिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने बताएको छ। यो प्रक्षेपण कोषले यस पहिले गरेको प्रक्षपणको तुलनामा ०.६ प्रतिशतले कमी हो।

    सेप्टेम्बरमा तयार पारिएको आईएमएफको क्षेत्रीय आर्थिक प्रभाव  समीक्षा रिपोर्टअनुसार द्वन्द्वका कारण आगामी वर्षको यस क्षेत्रको आर्थिक वृद्धिदर ४.० प्रतिशतमा सीमित हुनेछ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषका मध्यपूर्व तथा मध्य एशिया विभागका निर्देशक जेहाद अजौरले दुबईमा पत्रकारसँग भन्नुभयो, “यो वर्ष द्वन्द्वले विनाशकारी मानवीय पीडा र दीर्घकालीन आर्थिक क्षति पुर्याएको छ ।”

    उहाँले भन्नुभयो, “लेबनानमा पछिल्लो समय भएको द्वन्द्वका वृद्धिले सम्पूर्ण मेना क्षेत्रमा अनिश्चितता बढाएको छ ।”

    लेबनानको इजरायलसँग यस महिना तीव्र रूपमा द्वन्द्व बढेका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले लेबनानका लागि गरेको पूर्वानुमानलाई स्थगित गरिएको जनाएको छ। तर ‘परम्परागत’ अध्ययनले यो वर्ष ९.० देखि १० प्रतिशतले सङ्कुचन आएको छ ।

    “यसको असर (लेबनानमा) गम्भीर हुनेछ र यो द्वन्द्व कहिलेसम्म रहन्छ भन्नेमा निर्भर रहनेछ,” लेबनानका पूर्व अर्थमन्त्रीले भन्नुभयो ।

    “ओपेक प्लस कार्टेलमार्फत साउदी अरबको नेतृत्वमा मूल्य वृद्धि गर्ने उद्देश्यले गरिने तेल कटौतीले ‘धेरै अर्थव्यवस्थाहरूमा निकट अवधिको सुस्त वृद्धिमा योगदान पुर्याइरहेको छ’,” आईएमएफले भनेको छ ।

    वस्तुको मूल्यमा उतारचढाव, द्वन्द्व र जलवायु परिवर्तनजस्ता नकारात्मक जोखिमहरू हावी रहेको अन्तराष्ट्रिय ऋण प्रदायक संस्थाले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend