२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • कप्तान दीपेन्द्रसिंह ऐरी ‘आइसिसी प्लेयर...

कप्तान दीपेन्द्रसिंह ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

कप्तान दीपेन्द्रसिंह ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

सहर्ष न्युज
बिहिवार, जेठ २८ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा पर्नुभएको छ । 

    आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा पर्नुभएको हो ।

    उहाँसँगै यस अवार्डको मनोनयनमा बङ्गलादेशका मुस्फिकुर रहिम र तैजुल इस्लाम रहनुभएको छ । आइसिसीले दर्शकको मतका आधारमा विजेता घोषणा गर्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend