काठमाडौं । नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकैपटक सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागले प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार देशभर कार्यरत ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरेको जनाएको छ।
विभागले सार्वजनिक गरेको सरुवा सूचीअनुसार सरुवा भएका प्रहरी निरीक्षकहरूले आगामी असार महिनादेखि आफू सरुवा भएको कार्यालयबाट तलबभत्ता बुझ्नेछन्।
नेपाल प्रहरी संगठनभित्र नियमित प्रशासनिक व्यवस्थापन, जनशक्ति परिचालन तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सरुवा गरिएको बताइएको छ।
सरुवा सम्बन्धी विस्तृत विवरण प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमार्फत हेर्न सकिनेछ।
सूची:







































