२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • प्रधानमन्त्री र ममाथि नियोजित आक्रमण भइरहेको...

प्रधानमन्त्री र ममाथि नियोजित आक्रमण भइरहेको छ : अर्थमन्त्री डा.वाग्ले

प्रधानमन्त्री र ममाथि नियोजित आक्रमण भइरहेको छ : अर्थमन्त्री डा.वाग्ले

सहर्ष न्युज
बुधवार, जेठ २७ २०८३
सहर्ष न्युज
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं ।  अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित–पोषित व्यक्तिहरूले आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ।

    बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बजेट सम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकार वित्तीय अपराधमा संलग्न समूहविरुद्ध छानबिनमा जुटेकाले त्यस्ता समूहहरू असन्तुष्ट भएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमै यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित–पोषित व्यक्तिहरूबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको भन्ने शंका लागेको छ।”

    अर्थमन्त्री वाग्लेले सार्वभौम संसदका सदस्यहरूलाई पनि यस्ता समूहले फैलाएका विषयवस्तुबाट प्रभावित नहुन आग्रह गर्नुभयो। संसदको गरिमा र विश्वसनीयता जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।

    उहाँले संसदको मर्यादा कायम राख्दै तथ्य र प्रमाणका आधारमा मात्रै धारणा बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, कुनै समूहको प्रभाव वा लहलहैमा लागेर संसदको गरिमा कमजोर पार्न नहुने बताउनुभयो।

    अर्थ समितिमा बजेटमाथिको छलफलका क्रममा मन्त्री वाग्लेले सरकार वित्तीय अनुशासन, सुशासन र आर्थिक अपराध नियन्त्रणप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend