२०८३ कार्तिक १२ गते बुधवार

images
  • समाज
  • दशैंमा चिनीको अभाव नहुने, भारतबाट आयो...

दशैंमा चिनीको अभाव नहुने, भारतबाट आयो आठ हजार एक सय मेट्रिक टन चिनी

दशैंमा चिनीको अभाव नहुने, भारतबाट आयो आठ हजार एक सय मेट्रिक टन चिनी

सहर्ष न्युज
मंगलवार, आश्विन ८ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं । यसपटक दशैंमा चिनी अभाव नहुने भएको छ । सरकारले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएसँगै दशैंमा चिनी अभाव नहुने भएको हो ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बजारमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो चिनी प्रतिकेजी १०७ रुपियाँ ५० पैसा तोकिएको छ । योभन्दा बढी मूल्य लिन पाइने छैन ।

    भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरेको थियो । त्यसमध्ये तीन वटा कम्पनीले दुई हजार सात सय मेट्रिक टनका दरले चिनी ल्याएका छन् । चार वटा कम्पनीले ल्याउन नसकेपछि सम्झौता खारेज गरिएको विभागले जनाएको छ ।

    नेपाली बजारमा चिनी पर्याप्त भए पनि मूल्यमा मनपरी रहेको भन्दै विभागका महानिर्देशक पौडेलले सरकारी पहलबाट खरिद भएको चिनी नेपाली बजारमा आइपुगेकाले अब बजार भाउमा समस्या नहुने दाबी गर्नुभयो । उहाँका अनुसार २०८० कात्तिक महिनामा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो । बजारमा चिनी आइसकेकाले यस वर्षको दसैँतिहारलाई चिनीको समस्या नहुने महानिर्देशक पौडेलले दाबी गर्नुभयो ।

    चिनी आयातको कोटा प्राप्त गरको मितिमा साल्ट टे«डिङ कर्पोरेसनले निर्धारण गरेको चिनीको मूल्यमा उपभोक्ताले पाउने गरी चिनीको बिक्री आपूर्तिको प्रबन्ध मिलाउने विभागले जनाएको छ । त्यो चिनी साल्ट टे«डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलमा पनि सोही चिनी राखेर बिक्री गर्ने व्यवस्था गरिने विभागले जनाएको छ ।

    विभागका अनुसार आयात गरिएको चिनीको भण्डारण, मौज्दात, बिक्रीको अवस्थाका विषयमा साप्ताहिक रूपले विभागमा जानकारी गराउने यसअघि सम्झौतामा उल्लेख रहेको छ ।यता सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले ५० प्रतिशत भन्सार छुटको १५र१५ हजार मेट्रिक टन चिनी आयातका लागि प्रक्रिया सुरु गरेका छन् ।

    साल्टले दसैँभित्रै ल्याउने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ । खाद्यका कम्पनीका अनुसार कम्पनीले तिहारसम्म चिनी ल्याउने गरी खरिद प्रक्रिया सुरु गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend