२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुनः...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुनः सञ्चालनमा

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगोला पुनः सञ्चालनमा

सहर्ष न्युज
शनिवार, जेठ ९ २०८३
सहर्ष न्युज
शनिवार, जेठ ९ २०८३
  • फुङ्लिङ(ताप्लेजुङ)।  ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुंगोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो।

    कोभिड-१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए।

    'नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुंगोला हो। ओलाङचुंगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल-चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ', वडाध्यक्ष लामाले भने।

    करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए।

    भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए। ओलाङचुंगोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व संकलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन्। रासस

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend