२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सशस्त्र प्रहरीको १३औं महानिरीक्षकमा नारायणदत्त पौडेल...

सशस्त्र प्रहरीको १३औं महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको १३औं महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सहर्ष न्युज
सोमवार, बैशाख १४ २०८३
सहर्ष न्युज
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको नयाँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रहेका पौडेललाई बढुवा गरी सशस्त्र प्रहरी प्रमुख (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    पौडेल सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त भएका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको हो ।

    अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछन् । नवनियुक्त आईजीपी पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।

    उनी २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर पदमा भर्ना भएका थिए। सशस्त्र प्रहरी बल गठन भएपछि उनी स्थानान्तरण भई सशस्त्र प्रहरीमा समावेश भएका थिए।

    त्यसपछि २०५८ साल असार १८ गते उनलाई सशस्त्र प्रहरीको कार्यवाहक डीएसपीमा पदस्थापन गरिएको थियो। सोही वर्ष चैत १८ गते उनी स्थायी रूपमा बढुवा भई डीएसपी बनेका थिए।

    २०६३ साल चैत २९ गते उनी एसपी पदमा बढुवा भए भने २०७० साल जेठ २ गते एसएसपीमा बढुवा भएका थिए। त्यसपछि २०७५ साल कात्तिक १३ गते उनी डीआईजी बने।

    त्यस्तै, २०७९ साल जेठ ६ गते उनी एआईजी पदमा बढुवा भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend