२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण...

प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने

प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने

सहर्ष न्युज
शनिवार, बैशाख १२ २०८३
सहर्ष न्युज
शनिवार, बैशाख १२ २०८३
  • भारत सरकारबाट औपचारिक निम्तो, भ्रमण तयारी प्रारम्भिक चरणमा

    काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतबाट सुरु हुने भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री नियुक्तिपछि हुने पहिलो विदेश भ्रमण भारत हुने स्पष्ट पारेको हो।

    शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार भ्रमणको मिति र कार्यतालिका भने अझै तय भइसकेको छैन।

    प्रवक्ता क्षेत्रीले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालमार्फत प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो प्राप्त भएको बताउनुभयो। “भ्रमण हुने निश्चित छ, तर अहिले प्रारम्भिक तयारी मात्र भइरहेको छ। पूर्ण विवरण तय भएपछि मन्त्रालयले सार्वजनिक गर्नेछ,” उहाँले भन्नुभयो।

    नेपाल र भारतबीच सरकार परिवर्तनपछि पहिलो भ्रमण छिमेकी देशमै गर्ने कूटनीतिक परम्परा रहँदै आएको छ। भारतको विदेश नीतिमा पनि छिमेकी राष्ट्रलाई पहिलो प्राथमिकता दिने उल्लेख छ।

    यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकाल सुरु भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको थियो। त्यस्तै, नेपालका नवनियुक्त प्रधानमन्त्रीहरूले पनि विगतमा भारत वा चीनलाई पहिलो भ्रमणको रूपमा प्राथमिकता दिँदै आएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend