२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • संघीय सांसदहरूले स्वकीय सचिव पाउने, प्रक्रिया...

संघीय सांसदहरूले स्वकीय सचिव पाउने, प्रक्रिया अघि बढाइयो

संघीय सांसदहरूले स्वकीय सचिव पाउने, प्रक्रिया अघि बढाइयो

सहर्ष न्युज
बुधवार, बैशाख २ २०८३
सहर्ष न्युज
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले संघीय सांसदहरूको पुन स्वकीय सचिव पाउने व्यवस्था मिलाउदै प्रक्रिया अघि बढाएको छ।

    बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।  तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो।

    सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले सो विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो।

    बैठकमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहाल, उपसभामुख माननीय रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा संघीय संसद सचिवालयका सचिवहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend