२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • आजदेखि खुल्यो धरहरा, दैनिक ५०० मा...

आजदेखि खुल्यो धरहरा, दैनिक ५०० मा ४०० जनालाई निःशुल्क चढ्न दिइने

आजदेखि खुल्यो धरहरा, दैनिक ५०० मा ४०० जनालाई निःशुल्क चढ्न दिइने

सहर्ष न्युज
बिहिवार, आश्विन ३ २०८१
सहर्ष न्युज
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा आज ३ गते संविधान दिवसको दिनदेखि सञ्चालनमा ल्याउने भएको छ । निर्माण पूर्णरुपमा सम्पन्न नभई भोलीदेखि नै हतारमा सञ्चालनमा ल्याउन लागिएको महानगरपालिका स्रोतले आरोप लगाएको छ ।

    यसको सञ्चालनको जिम्मा महानगरबाट खोसेर यसअघि नै बसेको मन्त्रिपरिषद्को बैंठको सहरी विकास मन्त्रालयलाई दिइएको छ । गएको बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।

    सरकारले गरेको यस्तो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । महानगर प्रमुख बालेन शाहसँगको प्रधानमन्त्री के.पी. ओलीसँगै केही समयदेखि पर्दै आएको टकरावको परिणामको रुपमा यसलाई लिइएको छ ।

    धराहरामा दैनिक ५०० जनालाई चढ्न दिइने छ । ४०० जनालाई भने अनलाइन बुकिङमार्फत टाइम लिएर निःशुल्क चढ्न दिइनेछ । त्यस्तै बुढाबुढी र फरक क्षमता भएका सुरुका १०० जनालाई धरहरा परिसरमै पासको व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend